कुटपिटको आरोपछि वडाध्यक्ष गुरुङ आफै पुगे जिप्रका
पाेखरा | असार २१, २०८०
पोखरा: उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष रामबहादुर गुरुङ प्रहरी नियन्त्रणमा पुगेका छन् ।
उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले आफुलाई हातपात गरेको भन्दै वडा प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दिएको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसपछि प्रहरीले वडाध्यक्ष गुरुङलाई सम्पर्क गरेपछि आफै प्रहरी कार्यालय आएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकले बताए ।
उनका अुनसार अभद्र व्यवहार कसुरमा मुद्धा दर्ता भइ घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
खोरामुख–इदीखोला सडक (नाली बनाउने र जाली भर्ने काम) का लागि पूर्वाधार विकास कार्यालय कास्कीले २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो ।
सोही उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले आफुलाई हातपात गरेको भन्दै प्रहरीकहाँ उजरी दिएका थिए ।
यद्यपी वडाध्यक्ष गुरुङले भने आफुले हातपान नगरेको बताउदै आएका छन् । ‘मलाई स्थानीयस्तरबाट काम भएन भन्ने भएपछि अनुगमनको क्रममा सामान्य भनाभन भएको हो, हातपात गरेको होइन,’ वडाध्यक्ष गुरुङले सुनगाभा न्यूजसँग भनेका थिए ।
पीडित पक्षले वडाध्यक्षलाई कारवाहीको माग गर्दै वडा कार्यालयमा नेकपा एमालेका कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए । वडाध्यक्ष गुरुङ आफै प्रहरी नियन्त्रणमा पुगेपछि ताला खोलिएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

