खेलकुदको विकास गर्न प्रदेश सरकार लागेको छ: मुख्यमन्त्री पाण्डे

पाेखरा | असार १४, २०८०

खेलकुदको विकास गर्न प्रदेश सरकार लागेको छ: मुख्यमन्त्री पाण्डे Photo: Prem Thapa

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुुद क्षेत्रको विकास गर्न प्रदेश सरकार लागि परेको बताएका छन् । 


पोखरामा आज (बिहीबार)देखि सुरु भएको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । 


‘गण्डकी प्रदेशमा खेलकुद विकास गर्न प्रदेश सरकार लागि परेको छ, युवाहरुको चाहना अनुसार नै खेलकुदमा प्रोत्साहन सबैले गर्नुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘खेलकुदलाई पर्यटनसँगै जोडेर लैजानुपर्छ, शाहसिक खेलकुदलाई पर्यटनसँग जोड्न सके खेलकुद क्षेत्रको विकास अझै छिटो गर्न सकिन्छ ।’


गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएको बताईन् । 


‘विभिन्न भू-भागमा मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएका छन्, युवाहरुलाई गलत क्षेत्रमा लाग्नबाट रोक्न खेलकुद क्षेत्रको विकास गर्न आवश्यक छ’मन्त्री सिंखडाले भनिन्, ‘खेलकुदको माध्यमबाट खेलाडीले राष्ट्रलाई विश्वमा चिनाएका छन्, त्यसैले खेलकुद क्षेत्रको विकास गर्न सबै एकजुट भएर जान आवश्यक छ ।’


मन्त्री सिंखडाले भलिबलसँग अन्य खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि परेको बताईन । 


प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता असार १६गते सम्म सञ्चालन हुने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । 


प्रतियोगितामा पहिलो हुने समूहले नगद १ लाख, दोस्रो हुने समूहले ७० हजार र  तेस्रो हुने समूहले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५÷५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 


प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ । 


 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्