शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो
काठमाडाैं | असार ११, २०८०
सांकेतिक तस्वीर
काठमाडौं: आइतवार ६२ अङ्कले बढेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६९ अङ्कले बढेर दुई हजार एक सय २९ दशमलव ४२ विन्दुमा पुगेको छ ।
आज जलविद्युत्, बीमा, अन्य र व्यापार समूहको शेयर घटेको छ भने अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो साढे छ अर्ब रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७९ वटा कम्पनीका एक करोड १९ लाख तीन हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४२ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै हिमालय लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल र सिभिल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशत र विन नेपाल लघुवित्तको शेयर छ प्रतिशतले घटेको छ ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

