कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु
हुम्ला | असार ४, २०८०
सांकेतिक तस्वीर
हुम्ला: सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जीप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा जीप अगाडी बढ्न नसकेर ब्याक भएपछि नदीमा खसेको हो ।
प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सोमबार बिहान साढे सात बजे च्याछरामा बोलेरो जीप दुर्घटना हुँदा शान्तिपुर–२ धनुसा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङ घटना स्थलमै मृत्यु भएको बताए। कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप खसेको हो ।
नदीमा खस्दै गरेको जिपबाट चालकले हाम फालेको भए पनि जीपले लछारेर लगेपछि सख्त घाइते भएको अवस्थामा प्रहरीले भेटाएको भए पनि पछि मृत्यु भएको उनले बताए । चालकलाई प्रहरी उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने तयारी गरी रहेको अवस्थामा मृत्यु भएको हो ।
नदीमा खसेको जीपको पाङ्ग्रा मात्र नदी बाहिर देखिएको छ । उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दा चालक तामाङले बाह्र जना यात्रुलाई झारेर आफुले गाडी चलाउनु भएको थियो । यसबाट मृतक चालकले ठुलो मानवीय क्षती हुनबाट भने जोगाएको उनले बताए ।
गलकोट: बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आउनुभएको छ । ...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि ...

