जेठ ३१ र ३२ गते पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव
पाेखरा | जेठ २९, २०८०
पोखरा: जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो ।
विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हिमालय साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी गराए । उनका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। । गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्र्थीले मानव जीवनका विभिन्न समस्याहरुलाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान गर्न सकिन्छ भन्ने समाधानका साथ महोत्सवमा प्रस्तुत हुने उनले बताएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा यस्तो महोत्सवको आयोजना पहिलो पटक गरिएको दाबी उनको छ । उसो त उनले पोखरा मात्रै नभई देशका अन्य प्रदेशमा समेत उक्त कार्यक्रमको आयोजना गरिसकेका छन् । यस अघि लुम्बिनी प्रदेशमा विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको थियो ।
२०७६ बाट उक्त महोत्सवको आयोजना गरिएता पनि कोरोना महामारीले निरन्तरतामा समस्या आएको बस्नेतले बताए ।
आतंक भन्छन्, “विज्ञानका विषयमा हाम्रो शैक्षिक प्रणाली नै फितलो छ । विद्यालयदेखि नै विज्ञानमा हामीले प्रयोगात्मकलाई विशेष जोड दिनुपर्ने तर घोकन्ते विद्यामा नै हाम्रो साईन्स अड्किएको छ ।”
नेपालका वैज्ञानिकहरुलाई संरक्षण गर्न नसक्दा देशले दक्ष वैज्ञानिकहरु गुमाइरहेको भनाई उनको छ । विज्ञान विषयलाई पढाउने तौरतरिकामा फेरबदल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । थेउरिकल भन्दा प्राक्टिल विषयलाई प्राथामिकता दिनुपर्ने भनाई उनको छ ।
कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । जसमा मुख्य प्रायोजनमा वालाविज एजुकेशन सर्भिसेजले साथ दिएको छ । गण्डकी प्रोभिन्स एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको सह—प्रायोजनमा आयोजना भएको उक्त महोत्सवलाई अनलाईन एजुकेशन पार्टनरको रुपमा एम्बिसन गुरुले साथ दिएको छ भने इन्टरनेट पार्टनरको रुपमा भायानेटले साथ दिएको छ ।
स्वास्थ्य सेवा पार्टनरको रुपमा टेककेएर र स्टिम एजुकेशन पार्टनरका रुपमा कारखानाले साथ दिएको बस्नेतले जानकारी गराएका छन् ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

