पोखरामा सम्साँझै १० तोला सुनसहित डलर चोरी

पाेखरा | जेठ २८, २०८०

पोखरामा सम्साँझै १० तोला सुनसहित डलर चोरी सांकेतिक तस्बिर

पोखरा:  पोखरामा सम्साँझै सुनका गरगहनासहित नगद चोरी भएको छ ।

 

पोखरा महानगरपालिका ५ धारापानीस्थित दुइवटा घरबाट गत १८ गते सुनका गरगहना, डलरसहित करिब ५० हजार बढी नगद चोरी भएको हो ।

 

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक बेद जोशीका अनुसार जेठ १८ गते बेलुकी ६ बजेदेखि ८ बजेको समयमा चोरी भएको थियो । 
 

डिएसपी जोशीले शिब कुमारी गुरुङकोबाट औँठी, ब्रास्लेट, ४० हजार रुपैयाँ, आइप्याड र मोवाइल चोरी भएको बताए । 

 

उनका अनुसार अनिता गुरुङको कोठाबाट दुई तोलाको सुनका गरगहना र १३ हजार रुपैयाँ,  रेखा गुरुङकोबाट औँठीहरु र यूएस डलर, यस्तै मनमाया गुरुङकोबाट नौगेडी माला,  माइली तिलहरी र औँठी चोरी भएको थियो ।
 

डिएसपी जोशीले ४ वटाकोठाबाट करिब १० तोला सुन र ५० हजारबढी नगद चोरी भएको जानकारी दिए ।

 

उनले सो घटनामा संलग्न हुन सक्ने संभावित व्यक्तिहरुलाई निगरानीमा राखको बताए ।

‘यही गको १८ गते बेलुकी ६ बजेदेखि ८ बजे भित्र भएको घटना हो । घरधनीहरु त्यो समयमा पार्टीमा गएका रहेछन्, उनले सुनगाभा न्यूजसँग भने, ‘हामीले सुक्ष्म तरिबाले घटनाको अनुसन्धान गरिरहेका छौं । छिटै अपराधी समक्ष पुग्छौ ।’

 

उनले सो प्रकृतिको घटनामा संलग्न पहिलेका व्यक्तिहरुलाई निगरानीमा राखेको दोहोर्याए । ‘हामीले विभिन्न कोणबाट अप्रेशन थालेका छौं, डिएसपी जोशीले भने, ‘क्लु नजिक नजिकै छौ । संकास्पद व्यक्तिहरुलाई केरकार पनि गरिरहेका छौ ।’

 

चोरी भएको समयमा घरधनीहरु पार्टीमा गएको बताइएको छ ।  


 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्