आँबुखैरेनीमा ६ केजी गाँजासहित खड्का पक्राउ

तनहुँ | जेठ २७, २०८०

आँबुखैरेनीमा ६ केजी गाँजासहित खड्का पक्राउ सांकेतिक तस्बिर

तनहुँ:  आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित एक जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–७ सुनौला बजार बस्ने २२ वर्षीय  कृष्ण बहादुर खड्का रहेका छन् ।

 

अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना. ४ ख ६३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा खड्कालाई आज (शनिबार) बिहान प्रहरीले पक्राउ गरेको हो । 
 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

पोखरा: नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ । ...

थप पढ्नुहोस्

तनहुँ:  तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन्।  १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि...

थप पढ्नुहोस्

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राही खोज्दै सहर पसेका छन् ।  सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा...

थप पढ्नुहोस्