७ वर्ष अघि नै मुर्रा राँगो ल्याउने सहमति भएको रहेछः प्रम दाहाल

काठमाडाैं | जेठ २२, २०८०

७ वर्ष अघि नै मुर्रा राँगो ल्याउने सहमति भएको रहेछः प्रम दाहाल

प्रधानमन्त्रीले भारतबाट भैसी ल्यायो भन्दै गरेको कटाक्षप्रति पुष्पकमल दाहालले स्पष्ट पारेका छन् । 

 

आज संसदमा भारत भ्रमणको विषयमा जानकारी दिँदै प्रम दाहालले यसपटकको भ्रमण उल्लेखनीय भएको बताए । ‘यस भ्रमणबाट केही नयाँ सुरुवात भएको छ’ दाहालले भने कुरा मुर्रा राँगोको हैन, आगामी दिनमा देशले छिमेकी मुलुकबाट पाउने प्रतिफलको हो ।’

 

भ्रमणको एजेन्डातर्फ नलागि अन्य विषयमा रुमल्लिएको भन्दै दाहालको जवाफ छ ‘मुर्रा राँगो ल्याउने सहमति ७ वर्ष पहिले नै भएको रहेछ, यसपटक संयोग भनौ, मेरो भ्रमणपछि राँगो आउने भयो ।’

 

भ्रमण विगतको भन्दा उपलब्धीपूर्ण भएको र यसलाई निरन्तरता दिँदै आर्थिक विकासमा देशले नयाँ यूगतर्फ फड्को मार्ने दाहालको दाबी छ । 

काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

थप पढ्नुहोस्

काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

थप पढ्नुहोस्

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।  महोत्सवमा दर्शकको सहभागिता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत क...

थप पढ्नुहोस्