बसपार्क बनाउन र सेती नदी संक्षणमा प्रतिवद्ध

पाेखरा | जेठ २१, २०८०

बसपार्क बनाउन र सेती नदी संक्षणमा प्रतिवद्ध

पोखरा:  पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । 

 

नागरिकले सोधेका प्रश्नका जवाफ दिँदै वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क बनाउने, सेती नदीलाई राम ताल नभई स्वर्ग द्वार बनाउने प्रतिवद्धता व्यक्त गरे । वडावासीले उठाएका मुद्धा र गरेका प्रश्नलाई सम्बोधन गर्दै ९ नं. वडालाई सबल र सक्षम बनाउने अभियानमा आफू दिनरात लागेको बताए । निर्वाचित जनप्रतिनिधिहरूको पहिलो वर्षको कार्यकाल पूरा भएको छेको पारेर वडाबाट सम्पादित एक वर्षभित्रका सफल र सार्थक कामहरूको जानकारीका लागि सुनुवाई आयोजना गरिएको थियो ।  

 

वडा अध्यक्ष मर्सानीले एक वर्षभित्र फत्ते गरेका विकास निर्माणका काम, चालु काम र भावी दिनमा गर्ने कामको फेहरिस्त प्रस्तुत गरे । मर्सानीले आफ्नो कामको रफ्तारलाई मिसन १, २, ३ को खाकामा राखेका थिए । थोरै कुरा गरेर धेरै काम गर्ने आफ्नो लक्ष्यलाई वडावासीमाझ राख्दै कार्यालय समयपछि पनि नागरिकको घरदैलो आफ्नो कार्य क्षेत्र भएको बताए ।     

 

वि.सं. २०७९ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात् जेठ १२ गते सफथग्रहणपछि वडा अध्यक्ष मर्सानीले ९ बुँदे प्रतिवद्धता गरेका थिए । आफ्ना सबै वाचाहरू पूरा गर्दै मिसन ३ मा लागेको जानकारी दिए । वडा कार्यालयबाट सम्पन्न गरिएका कार्यक्रम र गतिविधिबारे वडा अध्यक्ष दीपेन्द्र मर्सानी र सचिव कुलराज पौडेलले प्रस्तुतीकरण गरेका थिए । 


 
महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क तथा स्मार्ट शौचालय, पृथ्वीचोकमा बसपार्क, पोखरा घर निर्माण र नयाँबजारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लािग बोलपत्र र साझेदारी प्रक्रियामार्फत् सञ्चालित योजना हुन् । क्षेत्रीय हुलाक कार्यालय र नेपाल टेलिकमले अतिक्रमण गरेको जमिन पर्खाल सारेर असारसम्म सार्वजनिक प्रयोगमा ल्याउने जनाइएको छ । ६९ वटा आयोजना सञ्चालित वडामा ६ करोड, १६ लाख ९६ हजार बजेट प्राप्त भएको छ भने २ करोड ४७ साल ८६ हजार राजश्व सङ्कलन गरिसकेको छ । 

 

सार्वजनिक सुनुवाई कार्यक्रममा विष्णुभक्त सुवेदी, कमलचन्द्र काफ्ले, मिलन दलला, ध्रुवकुमार श्रेष्ठ, चन्द्रविक्रम अधिकारी, रूपा के.सी., रामबहादुर बुर्लाकोटी , बिमला रानाभाट, रोशन मानन्धर, रामबहादुर वि.क., सरस्वती श्रेष्ठ, यदुनाथ बञ्जरा, दिलमाया गुरुङ, गंगाराम पौडेल, भीमबहादुर पुन जगदीश खनालले वडाका पूर्वाधार विकास, सार्वजजनिक जमिन, स्वास्थ्य, शिक्षा, तालिम, रोजगार उद्यमशिलता लगाएका विषयमा आफ्ना धारणा, सुझाव गुनासा र प्रश्न राखेका थिए । 

 

नेपाली काँग्रेसका वडा सभापति शिवराज बास्तोला, नेकपा एमालेका प्रेम गुरुङ, नेकपा माओवादी केन्द्रका बमबहादुर कार्कीले ९ नं. वडाले तय गरेको योजना र कार्यान्वयन प्रशंसनीय रहेको बताए । वडा अध्यक्ष दीपेन्द्र मर्सानीको सभापतित्वमा सञ्चालित सुनुवाइ कार्यक्रममा सदस्य नन्दराम गिरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन वडा सचिव कुलराज पौडेलले गरेका थिए भने सार्वजनिक सुनुवाइलाई सञ्चारकर्मी सुरेश रानाभाटले सहजीकरण गरेका थिए ।
 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ ।  महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

थप पढ्नुहोस्