कास्की जिल्ला बक्सिङ संघमा सुमन

पाेखरा | जेठ २१, २०८०

कास्की जिल्ला बक्सिङ संघमा सुमन

पोखरा:  कास्की जिल्ला बक्सिङ सघंको पाचौ अधिबेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नया कार्य समिती सर्वसम्मत चयन गरेको छ । 

 

पोखराको लेकसाईड स्थित त्रिपुरा लाउन्ज वारमा सम्पन्न अधिवेशनले पुन श्रेष्ठलाईनै सर्वसम्मत् चयन गरेको हो र अधिवेशनले समितीको प्रथम उपाध्यक्ष राज बहादुर कोइराला, द्धितिय उपाध्यक्षमा सन्तोष कार्की , सचिवमा शिशिर थापा मगर, सहसचिवमा भक्त तामाङ  र कोषध्यक्षमा सजोंग पराजुली चयन गरेको छ । यस्तै सदस्यहरुमा सुर्य थापा, अर्जुन गुरुङ, दिनेश बानिया, प्रदिप गुरुङ, बिश्व गुरुङ र महिला सदस्यमा प्रियङका गुरुङ्गलाई सर्वसम्मत् चयन भएका छन् । 

 

अधिवेशनको प्रमुख अतिथि नेपाल राष्ट्रिय खेलकुद परिषद वोर्ड सदस्य एवं पुर्व बक्सिङ खेलाडी राजेश गुरुङले खेलकुद क्षेत्रमा सरकार उपयुक्त बजेट नै नछुट्टाएको भन्दै सरकारसमक्ष गुनासो गरेका थिए । सरकारको वेवास्ताका वावजुद पनि उनले गण्डकी प्रदेश स्तरीय बक्सिङ टुर्नामेन्ट गर्ने घोषणा समेत गरेका छन् । 

 

अधिवेशनमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मान बाहादुर भण्डारीले सर्वसम्मत् नयाँ नेतृत्वले बक्सिङ खेलको लागि राम्रो गर्नेमा बिस्वस्त रहेको बताए ।  

 

कार्यक्रममा खेलकुद पत्रकार मञ्चबाट लाइफटाइम एचिभमेन्ट २०७९ प्राप्त गरेको पुर्व अन्तराष्ट्रीय खेलाडी गणेश भटराई र २०८० बाट सम्मानित पश्मिाञ्चल खेलकुद बिकास समितिका प्रशिक्षक निर्देशक बिध्या मर्सानीलाइ सम्मान गरीएको थियो । यस्तै कार्यक्रममा सन् १९६४ का ओलम्पीयन राम प्रसाद गुरुङ, १९८४ का ओलम्पीयनहरु उमेश मास्के, प्रबिन तुलाधर, मान बहादुर श्रेष्ठ, बिष्णु सिहं, राम बहादुर गिरी र डम्बर दत्त भट्ट लयागत बक्सिङ खेलाडीहरुको उपस्थिीत रहेको थियो । 
 

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्