लमजुङ कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ
लमजुङ | जेठ १९, २०८०
लमजुङ कारागारको पर्खाल नाघेर फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेका छन्।
बिहीबार बिहान साढे १ बजेतिर बेँसीसहर नगरपालिका- ८ शेरास्थित कारागारको उत्तर–पश्चिमतर्फको कैदी कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए।
फरारमध्ये जबर्जस्ती करणी मुद्दाका मध्यनेपाल नगरपालिका- ४ का २७ वर्षीय विनोद विकलाई बिहीबार ९ घन्टाको अवधिमा प्रहरीले बेँसीसहर नगरपालिका– २ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो ।
अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्रबहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेँसीसहर नगरपालिका– १ चिप्लेटीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्दामाम पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि जिल्ला कारागार लमजुङमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ३५ कैदीबन्दी राख्ने क्षमता रहेको कारागार भवनमा अहिले ८८ कैदीबन्दी छन् ।
कारागारमा कैदीबन्दीको संख्या बढेको मात्र छैन, कारागारका भवनसमेत जीर्ण बनेका छन् । त्यसमाथि ०७२ सालको भूकम्पले जीर्ण बनेको भवनमै अहिले पनि कैदीबन्दी राख्ने गरिएकाले जोखिम छ ।
कारागार प्रशासनले आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि प्रक्रिया अगाडि बढेको छैन ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

