बिचौलियाले गर्दा देशको अर्थतन्त्रमा असर पर्यो: उपमहासचिव ज्ञवाली
काठमाडाैं | जेठ ४, २०८०

पोखरा: नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा देशको अर्थतन्त्रमा असर परेको बताएका छन् ।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले आज यस्तो धारणा राखेका हुन् ।
उनले सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अर्थतन्त्रमा ठुलो असर देखिएको बताए ।‘मुलुकको अर्थतन्त्र संकटमो दिलमा छ, नेपालको इतिहासमा हिजो द्वन्दकाल, नाकाबन्दी, भुकम्पकाल र कोभिड महामारीमा पनि अर्थतन्त्रमा असर देखिएन, ज्ञवालीले भने, ‘राजस्व संकलनको लक्ष्य आधा मात्र उठेको छ, गठबन्धन सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अहिले अर्थतन्त्रमा समस्या देखिएको छ ।’
उनले केही हदसम्म अहिले कोभिड र रुस युक्रेनको युद्धको असर देखिएपनि गठबन्धन सरकारले सत्ता मोह राजनीति र बिचौलियाहरुलाई प्रयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको दोहोर्याए ।
‘
अहिले सरकारले गठबन्धनलाई सत्ताको साधनको टोकन मात्र बनायो, विकास निर्माणका काम ठप्प छन्, व्यवसायी हतोत्साहित भएका छन्,’ उनले भने, ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...