८ लाखसहित ११ जुवाडे पक्राउ
काठमाडाैं | बैशाख ३१, २०८०
काठमाडौं: काठमाडौं महानगरपालिका–३१ बानेश्वर कात्यानीचोकबाट ११ जना जुवाखालबाट पक्राउ परेका छन् ।
सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेश राज गिरीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका जुवाडेहरुको साथबाट नगद ८ लाख १० हजार ४ सय रूपैयाँ र १२ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।
साे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

