पोखरामा लुम्बिनी विकास बैंक अरण्यज्योति कप जेठ पहिलो साता

पाेखरा | बैशाख २८, २०८०

पोखरामा लुम्बिनी विकास बैंक अरण्यज्योति कप जेठ पहिलो साता

पोखरा:    अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा जेठ पहिलो साता लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० हुने भएको छ । 


पोखरा रंगशालाको क्रिकेट मैदानमा जेठ १ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिने पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  


क्रिकेट खेलको विकाससँगै प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको क्लब अध्यक्ष कमल थापाले जानकारी दिए । 


प्रतियोगितामा आयोजक सहित पोखरास्थित माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब, काठमाडौंका क्रिकेट एक्सिलेन्स सेन्टर र किङ्स क्रिकेट क्लबले भाग लिने छन् । 


लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि-२० आधारमा हुनेछ । ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक २ खेल हुने छन् । विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय पाउने छन् ।


प्रतियोगिता प्रायोजन गरेको लुम्बिनी विकास बैंकका तर्फबाट लामाचौर शाखा म्यानेजर नवीन तझ्याले सामाजिक उत्तरदायित्व अन्तर्गत अरण्यज्योतिसँग जोडिएको बताए । 


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले कर्पोरेट हाउसले कम्तीमा एउटा प्रतियोगितामा जोडिए खेलकुदसँगै नयाँ नयाँ प्रतिभा जन्मिने र खेलकुद पत्रकारिताको पनि विकास हुने विचार व्यक्त गरे । प्रतियोगितामा बजगाइज् सोसाइटी, स्तुपा एजुकेस्नल कन्सल्ट्न्सी, अन्नपूर्ण केबल कार, कास्की क्रिकेट एसोसिएसन लगायतले सहयोग गरेको क्लब सचिव विधान श्रेष्ठले बताए । 
 

बाँके:   जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ ।  आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।  नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

थप पढ्नुहोस्