पोखरामा दुई केजी गाँजासहित बसन्त प्रकाउ

पाेखरा | बैशाख २६, २०८०

पोखरामा दुई केजी गाँजासहित बसन्त प्रकाउ

पोखराः:  जिल्ला प्रहरी कार्यालय कास्कीले दुई केजी गाँजासहित बसन्त सुवेदीलाई प्रकाउ गरेको छ । 


पृथ्वीराजमार्ग अन्र्तगत पोखरा महानगरपालिका ३० पावरहाउसमा पोखरातर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा सुवेदी गाँजासहित प्रकाउ परेका हुन् । 


पोखरा महानगरपालिका १८ शितलाबस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदीलाई सवारी चेकजाँचको क्रममा २ केजी ७ सय ८२ ग्राम गाँजा र एक थान मोबाइलसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 


प्रकाउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्