शिवशक्तिमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पाेखरा | बैशाख २६, २०८०

शिवशक्तिमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पोखरा:   पोखराको शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 

१६० औं विश्व रेडक्रस दिवसको अवसरमा सोमबार पोखरा–११ फुलबारीस्थित शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । 

 

नेपाल रेडक्रस सोसाइटी जुनियर यूवा समिति संयोजक रमेशराज भण्डारीले उद्घाटन गर्दै शुरु भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।  युवा  रेडक्रस सोसाइटी सर्कलका अध्यक्ष मोनिका बम्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक बरालले गरेकी थिइन् । 

 

यसका साथै दिवसको अवसरमा ब्याच वितरण, विद्यालय हातासहित समुदाय वरीपरि सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ११ उपशाखाका कोषाध्यक्ष पुरुषोत्तम आचार्य प्राथमिक उपचार प्रशिक्षक गणेश भण्डारी, विद्यालयका सहायक प्रध्यानाध्यापक बालकृष्ण बास्तोला, शिक्षक प्रतिनिधि गोविन्द अधिकारी, आधारभुत तह इञ्चार्ज प्रकाश पौडेल सहित कक्षा ९ र १० का ६० बढी विद्यार्थीहरुको सहभागिता थियो । 

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्