रातारात सर्वेन्द्र मुग्लिन हान्निएपछि तनहुँमा बज्यो ‘घण्टी’, अब राष्ट्रियसभाको लोभ

कास्की | बैशाख २१, २०८०

रातारात सर्वेन्द्र मुग्लिन हान्निएपछि तनहुँमा बज्यो ‘घण्टी’, अब राष्ट्रियसभाको लोभ

वैशाख १० गते तनहुँ १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ‘ठूला’ मानिएका नेपाली कांग्रेस र नेकपा एमालेलाई पछार्दै घण्टी बजाएपछि राजनीतिक दिग्गजहरुको हिसाबकिताब बिग्रिएको छ । 
 

 

मंसिरमा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जीत निकालेको यस क्षेत्रमा गोविन्द भट्टराइ ढुक्कको स्थितिमा थिए । माटोले चिनेको र कांग्रेसले न्याय गरेको आहानबीच मौन अवधिसम्म गरिएको प्रचारप्रसारले उनलाई संसदमा पु¥याउने पक्कापक्की थियो । 

 

जुन हिसाबले कांग्रेसको टोली प्रचारमा हिँडिरहेको थियो, यसको ठिक विपरित एमाले सुस्त देखिन्थ्यो । यतिसम्म की तनहुूँ एमालेले गतिलो कोणसभासमेत गर्न सकेको थिएन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरिने आमसभा पनि यत्तिकै ढिसमिस भयो । 

 

एमालेको अल्छिलाग्दो चुनावी रणनीतिले कांग्रेसका ‘पानीमान्छे’ अर्थात् भट्टराई समूहको हौसला ह्वात्तै बढेको थियो । नगर क्षेत्रमा रास्वपाका वाग्लेले केही पुरातन भोट तितरवितर पारेपनि ‘हल्लाउन नसक्ने’ कांग्रेसको ठम्याई थियो । 

 

यता, घर र मामाघर तनहुँमै भएपनि एमालेका खनाललाई विपक्षीले ‘टुरिष्ट’को ट्याग लगाइदिएका थिए । तैपनि कम्युनिष्ट आदर्श अनुरुप खनाल प्रचारमा जुटिरहे । कांग्रेसका असन्तुष्टले घन्टी र जोशी पक्षधरको भोट एमालेमा आउने खनालको बुझाई थियो । अझ नाताले मामा–भाञ्जा पर्ने भएपछि भट्टराई खलकको भोट तान्न सक्ने कन्फिडेन्ट थियो खनालसँग । नातामा खनालका बुवा भट्टराईका मामा हुन् । 

 

साथै, एमालेले आफ्नो भोटमात्रै जोगाउन सके यसपटक जीत हान पार्न सकिन्छ भन्ने रिपोर्टिङ खनाललाई गरेका थिए । यद्यपि, जिल्लास्तरको आमसभा नहुनु र केन्द्रीय नेताहरु तनहुँ नझर्दा खनालको मनमा चिसो भने पसेको थियो । 

 

अन्ततः चुनावी प्रचारको समयले नेटो काटेर मौन अवधि सुरु भएपछि एकाएक राजनीतिको उल्टो हावा चल्यो । विश्वस्त सुत्रले बताए अनुसार एमाले अध्यक्ष ओलीले खनाललाई फरक ब्रिफिङ् गर्न काठमाण्डौ बोलाउन चाहिरहेका थिए । तर सम्भव नभएपछि ओलीले दूतकारुपमा राजन भट्टराइलाई ९ गते मुग्लिन पठाए । 

 

सोही रात राजनलगायतलाई भेट्न खनाल मुग्लिन हानिए । पारिवारिक स्रोतले पनि त्यस रात खनाल घरमा नभएको बताएका छन् भने खनाल साढे १२ बजे मुग्लिन पुल कटेको पाइएको छ । 

 

उक्त रात खनाललाई एमालेकै भोट नआउने र कांग्रेसले जित्नुभन्दा घण्टी बज्नु नै एमालेको हितमा रहने ब्रिफिङ गरियो । त्यसबेला आफु बलिको बोका बनाइएको र राजनीतिक करिअर ध्वस्त बनाइएको गुनासो खनालले गरेपछि उनलाई एमालेले राष्ट्रियसभामा लैजाने आश्वासन दिएको छ । 
 

 

राष्ट्रियसभामा लैजाने भन्ने विषयमा आवश्यक प्रतिक्रिया लिन खनाललाई बाराम्बार टेलिफोन सम्पर्क गर्दा पनि उनले रिसिभ गरेका छैनन् । 

 

खनाललाई ९ गते रातिमात्रै पार्टीको रणनीति थाहा भएपनि कांग्रेसलाई भने एक साताअघिदेखि नै यसको सुइँको मिलिसकेको थियो । जब मौन अवधिमा कांग्रेसको भित्री टिम रात परेपछि मतदाताको घरघरमा पुग्न थाल्योे, तब एमालेकै प्रचार कमिटीका केही सदस्यले घण्टीमा भोट जाने सूचना चुहाइदिएपछि भट्टराइको चुनावी ‘नाइट टिम’ अत्तालिएको थियो ।

 

जिल्ला स्रोतका अनुसार एमाले तनहुँ १ का नगर र पालिका कमिटीका करिब १५ सय संगठित सदस्यलाई ८ गते नै घण्टीमा भोट हाल्न र सोही अनुरुप प्रचार गर्न निर्देशन दिइसकिएको थियो । 

 

फलतः व्यास र भानु नगरपालिका एवं बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा एमालेको रणनीतिले काम गर्दा स्वर्णिमले ३४ हजार ९१९ मतले बाजी मरे । उक्त क्षेत्रको देवघाट गाउँपालिकामा भने एमालेको योजना आंशिकमात्र सफल भएको छ । स्वर्णिमले कांग्रेसका भट्टराई भन्दा २० हजार १२२ मत बढी ल्याएका हुन् । 

 

पार्टीकै योजनाबाट चुटिएर राष्ट्रियसभामा जाने सपना देखेका खनालले ८ हजार ४८८ मतमात्र प्राप्त गरे । जुन मत संख्या मंसिरको भन्दा ११ हजार ४८३ ले कम हो । मंसिरमा एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाएका थिए । 

काठमाडौं:    जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ जना सांसदहरू सहित नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका ...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।   आइतबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण...

थप पढ्नुहोस्

काठमाडौंः   उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ ।   परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार ...

थप पढ्नुहोस्