माओवादीलाई राप्रपा गण्डकीको कटाक्ष: म्याच फिक्सिङ भयो, अब नगर्नुस्
पाेखरा | बैशाख २१, २०८०
पोखरा: गण्डकी प्रदेशका निवर्तमान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री प्रदेश सभा सदस्य पन्चराज गुरुङले गण्डकी प्रदेश सरकामा म्याच फिक्सिङ भएको बताएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने बैठकलाई सम्बोधन गर्दै राप्रपाका संसदीय दलका नेता गुरुङले प्रदेशको सत्ता साझेदारीमा रहेको माओवादी केन्द्रले म्याच फिक्सिङ गर्दै कांग्रेसलाई जिताएको बताएका हुन् ।
गुरुङले कांग्रेस नेतृत्वको गण्डकी सरकारमाथि अब म्याच फिक्सिङ नर्गन समेत शुभकामना व्यक्त गरे ।
उनले नेकपा माओवादी केन्द्रले सत्ता केन्द्रित राजनीति सधै दिगो नहुने भन्दै बफादार हुनुपर्ने धारणा राखे । ‘कुशल राजनीतिक खेलाडीको रुपमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकारले राम्रो काम गर्दै गर्दा कुनै राजनीतिक पार्टीले सत्ता केन्द्रित राजनीति गर्दा गोल हुन सकेन, गण्डकीमा म्याच फिक्सिङ भयो, उनले भने, ‘अबको सरकारमाथि म्याच फिक्सिन नगर्नुस् हार्दिक शुभकामना ।’
उनले वर्तमान राजनीतिक परिस्थितीकै कारण गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन नसक्ने बताए । यद्यपी पाण्डे नेतृत्वको सरकारको सकरात्मक कार्यमा भने साथ दिने धारणा राखेका थिए ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

