डेभिजफलमा सार्वजनिक शौचालय

पाेखरा | बैशाख १६, २०८०

डेभिजफलमा सार्वजनिक शौचालय

पोखरा:    पोखरा महानगरपालिका वडा नं. १७ डेभिजफलमा गुप्तेश्वर महादेव गुफा र छोरेपाटन मावि पार्किङ ब्यबस्थापन समितिद्धारा नवनिर्मित सार्वजनिक शौचालयको पोखरा– १७ की वडा अध्यक्ष राधिका शाही योगीले उद्घाटन गरेकी छिन् ।


वडा अध्यक्ष योगी शौचालयको उद्घाटन गर्दै कर्मचारी राखेर शौचालयको नियमित सरसफाइ गर्न, पार्किङको सौन्दर्यकरणमा विशेष ध्यान दिन, पÞmोहोरको व्यवस्थापन, पर्यटकको लागि चमेना गृह, कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताईन ।


निवर्तमान वडा अध्यक्ष तिर्थराज अधिकारीले अध्ययन गरेर परियोजना अनुरुप काम गर्न अनुरोध गर्दै देशविदेशका पर्यटक आउने भएकोले वगैंचा सहितको नमुना पार्किङ बनाउन सुझाव दिए । 


त्यसै गरी गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन माबी ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण लम्साल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष श्रीराम सुवेदी लगाएतले बोलेका थिए ।


समितिका सदस्य इश्वरी प्रसाद लम्सालले शौचालय निर्माणको आयव्यय प्रस्तुत गर्दै ३५ लाख खर्च भएको बताउँदै उक्त शौचालय निर्माणको लागि मुख्य गरी छोरेपाटन मावि, गुप्तेश्वर महादेव गुफा र वडा कार्यालयबाट आर्थिक सहयोग प्राप्त भएको बताए ।


समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका सदस्य युवराज लामिछाने (युवक) र संचालन हरिप्रसाद लम्सालले गरेका थिए ।

काठमाडौं:  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ ।  निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वा...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन ।  यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...

थप पढ्नुहोस्

काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

थप पढ्नुहोस्