मुख्यमन्त्री पाण्डेद्वारा पदभार ग्रहण

सिंचाई योजनाकाे विद्युत् महशुलमा अनुदान दिने पहिलाे निर्णय

पाेखरा | बैशाख १५, २०८०

मुख्यमन्त्री पाण्डेद्वारा पदभार ग्रहण

पोखरा:   बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्र पाण्डेले आज पदभार ग्रहण गरेका छन् । 


शुक्रबार पाण्डेले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा निर्णय समेत गरेको छ ।

 

मन्त्रिपरिषद्को निर्णय अनुसार गण्डकी प्रदेशमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ सिँचाइ योजना विद्युत् महशुलमा सत् प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । 

 

यस्तै बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने ,  सवारी चालक अनुमतिपत्र वितरण पक्रिया छिट्टो छरितो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न कार्यदल गठन समेत गरिएको छ ।  

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव संयोजक, मुख्यमन्त्री कार्यालयका समन्वय महाशाखाका सचिव सदस्य, आर्थिक मामिला मन्त्रालयका सचिव सदस्य, भौतिक पूर्वाधार विकास तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रमुख सदस्य सचिव हुने गरी कार्यदल गठन गरिएको छ । 


मन्त्रिपरिषद्को प्रवक्तामा कांग्रेसबाट मन्त्री बनेकी सरस्वती अर्याल तिवारीलाई जिम्मेवारी तोकिएको छ ।

 


तिवारीले शुक्रबारनै मुख्यमन्त्री पाण्डेसँगै पद तथा गोपनीयताको शपथ  लिएकी थिइन् । 


तीन सदस्य मन्त्रिपरिषद्ले लोकतन्त्र प्राप्तिका लागि भएको सबै किसिमका जनआन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति सम्मान तथा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । 

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्

काठमाडौं:     सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।  नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री ...

थप पढ्नुहोस्