संसदमा पोखरा हङकङ बजारको मुद्धा उठाए रास्वपाका सांसद शिवले
पाेखरा | बैशाख १५, २०८०
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद शिव नेपालीले पोखराको हङकङ बजारलाई ४ सय बढी कर बढाएर बोलपत्र आह्वान गरेको विरोधमा संसदमा आवाज उठाएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले फुटपाथमा व्यापार गर्दै आएका व्यापारीले एक दशकदेखि व्यापार गर्दै आएको कम्पनीको जग्गामा ४ सय प्रतिशत कर बढाएर बोलपत्र आह्वान गरिएको भन्दै विरोध गरेका हुन् ।
‘पोखराको पृथ्वीचोकस्थित फुटपाथ व्यापारीलाई हङकङ बजार नामाकरण गरी एउटै छानामुनी व्यापार गर्दै गर्दा कृषि साम्रगी कम्पनीले ४ सय प्रतिशत कर वृद्धि गरेर बोलपत्र आह्वान गरेर व्यापारीहरुलाई आतङ्कीत बनाएको छ, यसको सरकारको ध्यान जाओस’ सांसद नेपालीले भने ।
उनले मूल्य वृद्धि भएको समयमा एउटै छानामुनी बजार सञ्चालन गरेका व्यवसायीहरुलाई आतङ्कीत बनाउने गरी आह्वान भएको बोलपत्रमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘देशमा भएको अर्थतन्त्रको खस्कदो अवस्थाले देश आज चरममन्दीमा पुगेको छ, उनले भने ,‘मूल्यवृद्धि राज्यको बढ्दो कर, शिक्षा स्वास्थ्यको खर्चिलो र महङ्गीले गरिव तथा मध्यम वर्गीय परिवारले बाँच्न पाउने अधिकारमा प्रश्न चिह्न खडा भएको छ ।’
उनले गरिवका लागि सरकार कहिले गम्भिर हुने भनेर प्रश्न समेत गरेका छन् ।
उनले २२ अर्व खर्च गरेर निर्माण गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरेलीले पर्यटक कुरेर बसेरको भन्दै अन्र्तराष्ट्रिय उडानमा ध्यान दिन समेत आग्रह गरे ।
कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत कर बढाएर बोलपत्र आह्वान गरेको भन्दै व्यवसायीले पोखरा महानगरपालिका र कृषि सामग्री प्रादेशिक कार्यालयमा दुईदिन सम्म धर्ना समेत दिएका छन् ।
उक्त जग्गामा एक दशकयता पोखरामा छरिएर रहेका फुटपाथ व्यवसायीहरुले ४ सय बढी सटरमा व्यापारव्यवसाय गर्दै आएका छन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

