अवैध वन्यजन्तु सहित दुई पक्राउ

काठमाडाैं | जेठ ३०, २०७९

अवैध वन्यजन्तु सहित दुई पक्राउ

काठमाण्डौँ :      नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुईजनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।

    

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

    

प्रहरी पक्राउ उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । 

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्