राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख
काठमाडाैं | बैशाख १२, २०८०
तस्बिर फाइल
काठमाडौं: भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘एन्टिबायोटिकको उपयोगका कारण उहाँमा शारीरिकरुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको सूचना साथमा रहेका परिवारका सदस्यहरुबाट अवगत हुन आएको व्यहोरासमेत जानकारी गराइन्छ।’’
उहाँको एक सातादेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उहाँसँग सम्बन्धित केही परीक्षण भइसकेको र केही परीक्षण भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

