लेखनाथस्थित किराना पसलको स्टोरमा आगलागी हुँदा १ करोड बढीको क्षति, लेखनाथ क्षेत्रमा दमकलको माग

पाेखरा | बैशाख १२, २०८०

लेखनाथस्थित किराना पसलको स्टोरमा आगलागी हुँदा १ करोड बढीको क्षति, लेखनाथ क्षेत्रमा दमकलको माग Photo Bhimkumari Pun Magar

पोखरा:   पोखरा महानगरपालिका ३० लेखनाथ चोखीमाटीचोकस्थित एक किराना पसलमा आगलागी हुँदा १ करोड २५ लाख बढीको क्षति भएको छ । 


लेखनाथ चोखीमाटीचोकस्थित शोभा मोहन पौडेलले किराना पसलमा हिजो राति लागेको आगलागीले किराना पसलको स्टोरमा भएको सामान र फर्निचरमा क्षति पुगेको पोखरा महानगरपालिका ३० का वडासदस्य भिमकुमारी पुनमगरले जानकारी दिइन् । 


हिजो (सोमबार) राति अन्दाजी ११ बजे एक्कासी लागेको आगो १२ बजेपछि मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । किराना पसलको स्टोरमा कसरी आगलागी भयो भनेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


राति किराना पसलको स्टोरमा आगो लागेको थाहा पाएपछि पोखरा दमकललाई जानकारी गराएपनि दमकल केही ढिला लेखनाथ पुग्दा बढी क्षति भएको एक स्थानीयले बताए । उनले लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा पर्ने भएपनि सो क्षेत्रमा एउटापनि दमकल नहुदा आगलागीबाट बढी क्षति हुने गरेको गुनासो गरेका थिए ।

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ ।      पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ ।  निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वा...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन ।  यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...

थप पढ्नुहोस्