फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको प्रमाणित भएको छैनः मन्त्री किराँती
पाेखरा | बैशाख १२, २०८०
पर्यटनमन्त्री सुदन किराँतीले हिजो राती काठमाण्डौंबाट दुबई उडेको जहाजमा चरा ठोक्किएर आगो लागेको भन्ने समाचार खण्डन गरेका छन् ।
मन्त्री किराँतीले भर्खरै सामाजिक सञ्जालमा लेखेका छन् ‘जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।’
हिजो उक्त जहाजबारे विभिन्न खबर फैलिएपछि पनि किराँतीले जहाज सुरक्षित रहेको र दुबई जाँदै गरेको आधिकारिक सूचना दिएका थिए ।
आज उनले लेखेका छन् ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । 'कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

