चितवन २ बाट आधा लाख मत पाएर रवि लामिछाने पुनः विजयी

चितवन | बैशाख १२, २०८०

चितवन २ बाट आधा लाख मत पाएर रवि लामिछाने पुनः विजयी

चितवन:   चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् ।


वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७५ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन् ।


उनले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका हुन् । जितनारायण श्रेष्ठले ११ हजार ११४ मत प्राप्त गर्दा, नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत पाए ।


अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याएका थिए ।

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ ।      पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ ।  निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वा...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन ।  यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...

थप पढ्नुहोस्