फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको प्रमाणित भएको छैनः मन्त्री किराँती
पाेखरा | बैशाख १२, २०८०
पर्यटनमन्त्री सुदन किराँतीले हिजो राती काठमाण्डौंबाट दुबई उडेको जहाजमा चरा ठोक्किएर आगो लागेको भन्ने समाचार खण्डन गरेका छन् ।
मन्त्री किराँतीले भर्खरै सामाजिक सञ्जालमा लेखेका छन् ‘जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।’
हिजो उक्त जहाजबारे विभिन्न खबर फैलिएपछि पनि किराँतीले जहाज सुरक्षित रहेको र दुबई जाँदै गरेको आधिकारिक सूचना दिएका थिए ।
आज उनले लेखेका छन् ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । 'कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

