पोखराको ढल व्यवस्थापन र पानी प्रशोधनको सम्झौता गर्न जापान लागे मेयर

पाेखरा | बैशाख ८, २०८०

पोखराको ढल व्यवस्थापन र पानी प्रशोधनको सम्झौता गर्न जापान लागे मेयर

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जापान गएका छन् । 

 

महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर समेत तयार भइसकेकाले सो परियोजना सञ्चालनका सम्बन्धमा सम्झौता गर्न मेयर आचार्य जापान गएका हुन् । 

 

आचार्यको नेतृत्वमा जापान जान लागेको सात सदस्यीय टोलीमा ३ जना इन्जिनियर सहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयकी सहसचिव मैना श्रेष्ठ समेत छन् । 
 

 

महानगरपालिकाकोतर्फबाट इन्जिनियर विवेक कुमार क्षेत्री जापान गइसक्नु भएको छ । हाल उहाँ जापानमा यही परियोजनासँग सम्बन्धित २१ दिने तालिममा सहभागी रहेको महानगरले जनाएको छ । 

 

पोखरा महानगरपालिकाको तर्फबाट आयोजित बिदाइ कार्यक्रममा प्रमुख आचार्यले ११ अरब रुपैयाँ लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

‘अव हामीले आकाशबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानी लगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यत्तिकै छोड्न मिल्दैन’, उनले भने ‘यसले वातावरण प्रदूषण भइरहेको छ, भन्ने विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला पोखराका विभिन्न चार स्थानमा पोइन्टहरु निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो । जानेर वा नजानेर हाम्रा ढलहरू सिधै खोलामा मिसिने गरेका छन् । अव यो योजना अनुसार फोहोर पानीलाई प्रशोधन गरेर मात्र खोलामा मिसाइनेछ ।’

 

जापान भ्रमणका क्रममा उनले कोलपाटनमा निर्माण गरिएको पानी ट्याङ्कीको विषय समेत टुङ्गोमा पुग्ने उल्लेख गरे ।  हाल उक्त ट्याङ्की हटाउन मात्रै पनि ४३ करोड रुपैयाँ लाग्ने बताइएको छ ।

 

दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
 

 

जाइकाकै सहयोगमा सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाको काम भने अन्तिम चरणमा पुगेको छ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्