प्रदेश खेलकुद गण्डकी परिषदको टोली अन्तर प्रदेश भ्रमणमा

पाेखरा | बैशाख ३, २०८०

प्रदेश खेलकुद गण्डकी परिषदको टोली अन्तर प्रदेश भ्रमणमा

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकीको टोली अन्तर प्रदेश भ्रमणमा निस्किएको छ ।


५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो । टोलीले लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको भ्रमण गर्ने भएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् ।


परिषदका सदस्य सचिव घनश्याम पौडेलको नेतृत्वमा भ्रमणमा हिंडेको टोलीले अन्तर प्रदेशमा भइरहेका खेलकुद गतिविधि, पूर्वाधार निर्माणलगायतका विषयमा जानकारी लिने संगै तिनै प्रदेशका खेलकुद मन्त्री, सदस्य सचिवहरु संग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


“परिषद गठन पछि हामी पहिलो पटक अन्तर प्रदेश भ्रमणमा निस्किएका हौं” परिषदका सदस्य तथा भ्रमण टोलीका संयोजक गिरमान गुरुङले भने–“यो भ्रमणले प्रदेश खेलकुदहरु संग सम्वन्ध विस्तार संगै सिकाईहरु आदान प्रदान गर्न समेत सहयोग मिल्ने छ ।”


भ्रमण टोलीमा परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम, परिषदका सदस्यहरु योगेन्द्र शेरचन,  बासु वराल, चन्द्रा घले गुरुङ, विष्णु माया गुरुङ, जिल्ला खेलकुदका अध्यक्षहरु तोरण बानियाँ, शान्त सिंह बस्नेत, र सेत बहादुर पुन रहेका छन् भने लेखा प्रमुख निलकण्ठ ढकाल पनि टोलीमा रहेका छन् ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्