शिक्षकलाई राजनीति नगर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडाैं | चैत २७, २०७८

शिक्षकलाई राजनीति नगर्न शिक्षामन्त्रीको निर्देशन

सिन्धुपाल्चोक, चैत २७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले शिक्षकहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिमा सक्रिय नहुन निर्देशन दिनुभएको छ । बाह्रबिसे नगरपालिका–३ मा एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोश्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दे मन्त्री पौडेलले शिक्षकहरु राजनीतिमा सक्रिय हुँदा शैक्षिक गुणस्तर खस्किएको बताउनुभयाे ।

विद्यालय समयभित्र होस् वा बाहिर होस्, शिक्षकले राजनीति नगरेकै बेस भन्दै उहाँले शिक्षकहरु गुणस्तर र प्रभावकारी शिक्षणमा लाग्न आग्रह गर्नुभयो । शिक्षकहरुले राजनीतिमा सक्रिय सहभागिता जनाएका कारण शैक्षिक प्रणाली नै दुर्गन्धित हुँदै गएको पनि उहाँको धाराणा थियो ।

विद्यार्थीहरुको भविषयलाइ केन्द्रबिन्दुमा राखेर शिक्षा दिन उहाँले निर्देशन दिनुहुँदै वर्तमान सरकारले शिक्षालाई उत्पादनमुखी, व्यवहारमुखी र जीवनोपयोगी बनाउन लागेको बताउनुभयो । ‘शिक्षा सम्मानित पेसा हो, केही काम नपाए शिक्षक हुन्छन् भन्ने भ्रमलाई चिरेर शिक्षाले नै परिवर्तन सम्भव छ भन्ने कुरालाई आत्मसात गर्नुपर्छ’ उहाँले शिक्षकहरुलाई बताउनुभयो ।

पोखरा:      पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ ।  मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यट...

थप पढ्नुहोस्

काठमाडौं:  मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बाराको सि...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैँक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा...

थप पढ्नुहोस्