स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन सुरु
काठमाडाैं | चैत २७, २०७८

काठमाडौँ, चैत २७ गते । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा आयाेजित सम्मेलनमा देश तथा विदेशबाट स्वास्थ्य वैज्ञानिकहरुको सहभागिता छ।
सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ। परिषदका कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार सम्मेलनको औपचारिक उद्घाटन साेमबारका लागि तय गरिए पनि आइतबारबाट प्रेसमिटको सेसन सुरु भएको हो ।
तीन दिने शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित स्वास्थ्यप्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड–१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवं विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा अनुसन्धानकर्ताहरूले आ–आफ्ना खोज तथा अनुसन्धानका बारेमा १५३ वटा अनुसन्धानमूलक कार्यहरू परिषदमा पेश भएकाे छ ।
परिषदमा पेश भएकामध्ये ११२ मौखिक प्रस्तुतीकरणका लागि र ४१ वटा पोष्टर प्रस्तुतीकरणका लागि प्राप्त भएको परिषदले जनाएको छ । सम्मेलनको यो वर्षको नारा स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ छ । सम्मेलन चैत २९ गतेसम्म चल्ने जनाइएको छ।
पोखरा: नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ । ...
तनहुँ: तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन्। १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राही खोज्दै सहर पसेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा...