काठमाडौं:   नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।    आइतबार नक्कली भुटानी शरणार्थी प्रकर...

के माटोले पनि श्वास फेर्छ ? माटोमा पनि जीवन हुन्छ ? माटो पनि मर्छ ? अनि माटोलाई बचाउँन उपचार गरिन्छ ?   प्रश्नको फेहरिस्त जवाफ दिँदै माटो विज्ञ सुनिल पाण्डे भन्छन्, ‘हो, माटोले श्वास फेर्छ, बिरामी हुन्छ र उपचार पनि गर्नुपर्छ ।’ पाण्डेका अनुसार माटो जीवित हुन्छ र मर्छ पनि । एकपटक मरिसकेको माटोलाई पूनर्जीवन दिन धेरै समय र खर्च लाग्ने पाण्डे बताउँछन् ।    माटो तथा मल परीक्षण प्रयोगशाला पोखरामा वरिष्ठ माटो विज्ञकारुपमा कार्यरत पाण्डेले परम्परागत खेतिपातिबाट बिस्तारै व्यावसायिक कृषितर्फ लाग्ने क्रम बढिरहे पनि सोही अनुसार कृषकहरुमा माटोसम्बन्धि ज्ञान नभएकोमा दुख व्यक्त गरे । उनका अनुसार ज्ञानको कमीले माटो मरुभूमि बन्दैछ, जसलाई पुरानै स्वरुपमा फर्काउन कठिन छ ।    थोरै जमिनमा धेरै उत्पादन लिन कृषकहरुले रासयनिक मलको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा ह्रास आउने गरेको विज्ञ पाण्डेको भनाई छ । हाइब्रिड र बेमौसमी खेती गर्दा माटो मर्दै गएको भन्दै पाण्डेले माटोको परीक्षण र उपचार अत्यावश्यक भएको सुझाए । ‘माटोबिना धर्तीमा जीवन छैन, यत्ति बुझिदिनु प¥यो’ उनको कथन छ ।      जनसंख्या वृद्धि र उच्च आयको लोभमा कृषकले कम्पोष्ट मलको कम प्रयोग गर्दा त्यसको असर मानव स्वास्थ्यमासमेत पर्दै गएको उनले जनाए । ‘माटोमा जस्तो तत्व छ त्यहाँबाट हुने उत्पादनमा सोही गुण हुन्छ’ पाण्डे भन्छन् ‘माटो अस्वस्थ वा दुषित छ भने त्यसले हाम्रो शरिरलाई दिने पनि त्यहि तत्व हो ।’     व्यावसयिक खेतीमा अत्यधिक मलखाद र माटोको गुण परीक्षण हुनैपर्ने उनको जिकिर छ । पाण्डेले भने ‘माटो कमसल भए उत्पादन कमसल हुन्छ, त्यसले शरिरलाई पोषण दिँदैन ।’ उनका अनुसार दिनानुदिन माटोमा अम्लीयपन बढिरहेको छ, जसको प्रमुख कारण स्वयं कृषक हुन् ।    प्रयोगशालाले हाल माटो परीक्षणार्थ घुम्ती सेवा सुरु गरेको र कृषकलाई सेवा दिन विभिन्न स्थान पुग्ने योजनाअनुरुप काम अघि बढाएको बताएको छ । जनचेतनाको अभावमा माटो परीक्षण हुन नसकेको भन्दै प्रयोगशालाले ल्याबसहितको बस प्रयोगमा ल्याएको छ ।    यद्यपि, माटो परीक्षणपछि त्यसको नतीजाअनुरुप कृषकलाई माटो उर्वर बनाउन दिइने सुझावको कार्यान्वयन भने हुन नसकेको पाण्डेले गुनासो गरे । ‘माटोमा चुनको प्रयोग, मलखादबाट बन्ने कम्पोष्ट मल, रासायनिक मल र अन्य प्राकृतिक उपाय सुझाउँछौ तर उहाँहरु (कृषक)ले उपचार पद्दति अपनाउनु हुन्न’ पाण्डेको भनाई छ ।    त्यसो त कृषकहरुले माटो परीक्षणमा रुचि नदेखाएपनि प्रयोगशालाले यस वर्षमात्रै किट र भ्यानबाट करिब ५ हजार नमुना परीक्षण गरेको दाबी गरेको छ । प्रयोगशालासँग अत्याधुनिक प्रविधि व्यवस्थापन गर्न असम्भव रहेपनि पोखराको प्रयोगशालाले चालु मेसिनबाटै परीक्षणलाई निरन्तरता दिएको छ ।      कुनैपनि बाली लगाउँनुअगावै माटो परीक्षणमा जोड दिँदै उनै पाण्डे भन्छन् ‘उन्नत जातको बिउँ–बिजन, खनजोत, पोटासियम, फस्फोरसलगायतका मल, सिँचाईको उचित प्रयोग गर्न सके हाल भइरहेको भन्दा २ गूणा बढी उत्पादन हुनसक्छ ।’   हाल स्थानीय निकायबाट व्यावसायिक कृषिका नाममा दिइने अनुदानले खासै सकारात्मक सन्देश दिन नसकेको उनको गुनासो छ । ‘छिमेकी मुलुक भारतमा किसानले माटो परीक्षण गरेको ‘सोइल टेस्ट रिपोर्ट’ पेश गरेपछि बल्ल प्राथमिकताका आधारमा अनुदान दिने गरिन्छ’ पाण्डेले भने ‘यहाँ निवेदनको आधारमा पैसा दिने गरिएको छ ।’   सरकारी अनुदान सही ठाउँमा पुग्नुपर्छ भन्ने उद्देश्यअनुरुप पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुखसँग छलफल चलिरहेको र माटो परीक्षणपछि उपयुक्त हुने खेतीमा सहयोग गर्ने नीति बनाइने पाण्डेले जानकारी दिए । 

काठमाडौं:  माइक्रो ब्लगिङ साइट ट्वीटरबाट साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुने भएका छन् । ट्वीटरका सीईओ एलन मस्कले शुक्रबार एक अर्को महत्वपूर्ण निर्णय लिने क्रममा डेढ अर्ब वटा खाता हटाउने घोषणा गरेका हुन् । मस्कले १५० करोड ट्वीटर अकाउन्ट डिलिट गर्नुपर्नाको कारण पनि उल्लेख गरेका छन् । ट्वीटरमा स्पेस फ्री गर्नका लागि वा ठाउँ खाली गराउनका लागि करोडौं अकाउन्ट डिलिट गर्नुपरेको मस्कले ट्वीटमार्फत् बताएका छन् । ट्वीटरबाट कस्ता कस्ता अकाउन्टहरु डिलिट गरिनेछ भन्ने पनि मस्कले प्रष्ट पारेका छन् । आफ्नो अघिल्लो ट्वीटमा रिप्लाई गर्दै उनले कैयन् वर्षदेखि लगइन नै नगरिएका वा कुनै ट्वीट नगरिएका अकाउन्टहरू डिलिट गरिने मस्कको भनाइ छ । यसरी वर्षौंदेखि निष्क्रिय रहेका ट्वीटर खाताहरु अब डिलिट हुनेछन् । एजेन्सी

काठमाडौं । अहिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता कम नै होलान् । त्यही भएर पनि फेसबुकले बेलाबेलामा आफ्नो फिचर अपडेट गर्दै आएको छ । नयाँ फिचरमा अभ्यस्त हुन हामीलाई थोरै समय पनि लाग्छ ।    यस्तै प्रसंग छ अहिले फेसबुकको अडियो कमेन्टको जहाँ कसरी अडियो कमेन्ट गर्ने भन्ने थाहा नहुन सक्छ । फेसबुक सञ्चालक कम्पनी मेटाले गत हप्ता नै फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराए पनि प्रयोगकर्ता अभ्यस्त भएका छैनन् । त्यसो फेसबुकमा सबैलाई यो एक्सेस पनि छैन । केहीले फेसबुकमा अडियो कमेन्ट पनि गरिरहेका छन् ।  विशेषगरी पुरानो फेसबुक अकाउन्ट भएकाले यो फिचर उपयोग गर्न पाएको देखिन्छ । धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । यो क्रमश: अपडेट हुँदा देखिनेछ । अब फेसबुकमा टेक्स्ट र अडियो कमेन्ट राख्न सकिनेछ । यसअघि फोटो र टेक्स्ट राख्न पाइन्थ्यो ।  नेपालमा पनि केही ठाउँमा यो अप्सन खुलेको छ भने धेरैमा छैन । फेसबुकको लाइट एपमा भने यो अप्सन खुला छ । अडियो कमेन्ट गर्न तपाईँले यी उपाय अपनाउन सक्नुहुनेछ । - पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।   - अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस् ।   - अब कमेन्ट बक्समा जानुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।   -अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् ।    - तपाईँले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न पाउनुहुनेछ । इच्छा लागेको टेक्स्ट टाइप गरेर पोस्ट गर्नुहोस् ।

अछाम:  अछामको विभिन्न भागमा पहिरो जाँदा १४  जनाको मृत्यु र ९ जना बेपत्ता भएका छन् ।   जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो ।   वर्षातका कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ । त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर घर पुरिँदा १४ जनाको मृत्यु भएको छ ।   ठाँटीखाँदका सातै जना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारेको छ । पहिरोमा परी अन्य आठ जना घाइते भएका भएकामा चार जनाको अवस्था जटिल छ ।   त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन् ।   अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

पोखराः मुख्यमन्त्री कार्यालयमा नाराबाजी गरेर बिरोध गरेर पक्राउ परेका ५ कर्मचारी प्रहरी नियन्त्रणबाट छुटेका छन ।    जिल्ला प्रहरी कार्यलय कास्कीले सम्झाइ बुझाई गरेर उनीहरुलाइ छोडेको कास्की प्रहरीले जनाएको छ ।    प्रदेशले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्नसमेत रोकेको भन्दै ब्यानरसहित नाराबाजी गर्न लागेपछि उनीहरुलाई मुख्यमन्त्री कार्यालयबाटै पक्राउ गरिएको थियो ।    पक्राउ पर्नेमा पोखरा महानगरपालिकाका बित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल, चन्द्रकान्त तिमिल्सिना लगायत ५ जना रहेका थिए ।    उनीहरुलाई प्रहरीले नारा, जुलुस, धर्ना निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका थिए । 

काठमाण्डौं: मोडिफाई गरी चर्काे आवाज निकाल्ने ३७ वटा रोयल इन्फिल्डको बुलेटचालकलाई काठमाण्डौंमा कारवाही गरिएको छ ।    उपत्यका ट्राफिक प्रहरीले आफुखुशी मोडिफाई गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई चालकलाई कारवाही गरेको जनाएको छ । नियन्त्रणमा लिइएको मोटरसाइकलले ध्वनी प्रदुषण बढाउनुकासाथै अन्य प्रदुषणसमेत बढाएको ट्राफिक प्रहरीले जनाएको हो ।    नियन्त्रणपछि उक्त मोटरसाइकलबाट साइलेन्सर पाइप झिकिएको छ भने चालकलाई जरिवाना गरिएको छ ।    साथै, आइन्दा मोडिफाइ नगर्न चेतावनीसमेत दिइएको छ । 

काठमाडौं, लगाताररुपमा सकृय बनेको मनसुनी प्रणाली आइतबार देखि सामान्य बनेको छ । देशभर मनसुनी वायुको प्रभाव सामान्य हुँदा भारी वर्षाको सम्भावना टरेको छ ।    हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू–भागमा आँशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ।    आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   आगामी २४ घण्टामा देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन  यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पोखराः आफ्नो थातथलोबाट नेपालीभाषी लखेटिएपछि उनीहरुकै ताँतीमा मिसिएर झापाको बेलडाँगी आइपुगेका भुटानी डाक्टर भम्पा राईको आज बिहान पौने ३ बजे विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको छ ।    डाक्टर भम्पा ३० वर्षयता दमकमा बस्दै आएका थिए । नेपाल आएपछि भम्पा शरणार्थीहरुलाई देश फर्काउने आन्दोलनमा निरन्तर सक्रिय थिए ।    दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए।   भुटानको साम्चीमा जन्मे–हुर्केका र भुटानी राजपरिवारमा निकटको सम्बन्ध रहेका ७२ वर्षीय राईले सन् १९९१ को मेदेखि झापा जिल्लामा बसोबास थालेका हुन् ।   नेपाल फिर्तीको आन्दोलनका २ खम्बामध्ये एक टेकनाथ रिजालपछि अर्का यिनै भम्पा थिए ।    राई पेटसम्बन्धी रोगबाट पीडित थिए। तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा उनी लामो समय थलिएका थिए। उनी पछिल्लो एक वर्षदेखि हर्नियाबाट पनि पीडित थिए।  

कास्कीः जिल्ला समन्वय समिति कास्किका नवनिर्बाचित प्रमुख लिलाधर पौडेलले श्रमजिवी कृषकको मुद्धालाई सम्बोधन गर्ने जनाएका छन् । कृषकको समस्यालाई समाधान गर्न हालसम्म कुनैपनि सरकारले चासो नदिएको भन्दै प्रमुख पौडेलले अब आफु त्यसको लागि अघि बढ्ने बताए ।    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन संचालन समन्वय समिति पोखराको तेश्रो साधारणमा बोल्दै उनले चुनाब अगाडि आफू र आफ्नो दलले गरेका प्रतिबद्धता पूरा गर्न  हरेक तहका सरकारहरु बिच परिणामुखी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषकहरूको जिबनस्तर उकास्ने गरि योजना र कार्यक्रम ल्याउन लागि पर्ने बताए ।     उनले श्रमप्रतिको कदर र सम्मान नै देश बिकासको पहिलो पुर्बाधार भएको जिकिर गरे। कृषकहरुलाई पुर्ण व्यावसायिक बन्न आग्रह गर्दै समयमा मल ,बीउ नपाउने समस्याको सदाका लागि अन्त्य गर्न पहल गर्ने उल्लेख गरे।     काम  र श्रमको कदर हुने अबस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेकोतर्फ इङ्गित गर्दै कास्किमा आफुहरुको टिम आएपछि श्रमजिबी कृषकको मुद्धालाई आफ्नो ठाँउबाट प्रभाबकारी ढंगले अघि बढाउन योजनासहित काम गर्ने उल्लेख गरे ।  कार्यक्रममा गण्डकी प्रदेशका  कृषि बिकास निर्देशक बासुदेब रेग्मी, पूर्ब निर्देशक बेनीबहादुर बस्नेत, कृषिविज्ञ बिरेन्द्र हमाल, पोखरा महानगर कृषि तथा महाशाखा प्रमुख मनोहर कडरीयालगायतले बोलेका थिए।