मर्दीमा परेन बजेट, खानेपानीसँग रोयल्टी माग्दै माछापुच्छ्रे
कास्की | असार २, २०८०
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले प्रदेशले सार्वजनिक गरेको आर्थिक वर्ष ०८० ८१ को बजेटमा मर्दीखोलाले पु¥याएको क्षतिलाई सम्बोधन नगरेपछि चित्त दुखाएको छ ।
पोखरा महानगरवासीलाई पानी खुवाउने मुख्य स्रोत मर्दी भएको तर सोही मर्दीले गाउँपालिकाभित्र वर्षेनी क्षति पु¥याएको भन्दै पालिकाले महानगरलाई पत्र लेखेको छ । आगामी आर्थिक वर्षको बजेटले गाउँपालिकामा मर्दीबाट उत्पन्न हुने क्षतिबाट आहत जनतालाई राहत दिने कार्यक्रम आउने विश्वास गरेको तर निराशामात्र हात लागेको गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले जनाए ।
सुनगाभान्यूजसँग अध्यक्ष गुरुङले भने ‘पोखराको तिर्खा मेटाउने स्रोत हो मर्दीखोला तर प्रदेशको बजेटमा मर्दीखोलको कतैपनि नाम सुन्न पाइएन ।’
बजेटमा मर्दीलाई तिरस्कार गरिएपछि गुरुङले अब महानगरको नीति तथा कार्यक्रमसँग आशावादी रहेको बताए । वडाले जेठ १८ गते पोखरा महानगरलाई पत्रमार्फत मर्दीखोलालाई सम्बोधन गर्न आग्रह गरेको छ ।

‘महानगरको आर्थिक वर्ष ०८० ८१ को नीति तथा कार्यक्रममा मर्दीखोला जोखिम तथा व्यवस्थापनसम्बन्धी कार्यक्रम सिफारिश गरिदिनुहुन सिफारिशकासाथै अनुरोध गरिन्छ’ पत्रमा उल्लेख छ ।
त्यस्तै, गाउँपालिकाले मर्दीबाट उत्पन्न जोखिमको व्यवस्थापन र सम्बोधन नभएपछि अब खानेपानी संस्थानसँग रोयल्टी लिने प्रक्रियामा अघि बढेको छ ।
पालिका अध्यक्ष मीनबहादुर गुरुङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई खानेपानी स्रोतको रोयल्टी भर्पाइ गर्न पत्राचार गरेको छ । ०७९ चैतमा आयोगलाई पत्रमार्फत खानेपानी स्रोतको निश्चित प्रतिशत रोयल्टी गाउँपालिकालाई उपलब्ध गराउन आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।

खानेपानी संस्थान पोखराको तथ्यांक अनुसार मर्दीखोलाबाट दैनिक ४ करोड ५० लाख लिटर पानी प्रयोग हुँदै आएको छ ।
मर्दीखोलाको पानीबाट संस्थानले दैनिक ११ लाख २५ हजार आम्दानी गरिरहेको छ । जुन रकम वार्षिक ४१ करोड ६ लाख २५ हजार रुपैयाँ हुने देखिन्छ ।
खानेपानी संस्थानको मुख्य स्रोत मर्दीखोला भएकाले आम्दानीको हिस्साथ गाउँपालिकाले पनि पाउनुपर्ने पालिका अध्यक्षको भनाई छ ।
अध्यक्ष गुरुङका अनुसार मर्दीखोलाले पालिकाभित्र लुम्रे, ठाँटी, नयाँपुल, खोरामुख, भेडाबारी, समीबगरको भू–भाग कटान गरी वर्षेनी हजारौ रोपनी जमिन बगरमा परिणत गराइदिएको छ ।
‘खेतीयोग्य जमिन त सकिँदैछ, मानवबस्तीसमेत जोखिममा परेको छ’ गुरुङले भने ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

