वैशाख ९ गते गण्डकीको अधिवेशन, सोही दिन मुख्यमन्त्री अधिकारीले राजीनामा दिन सक्ने
पाेखरा | बैशाख १, २०८०
पोखरा: गण्डकीको मन्त्रीपरिषद्को बैठकले प्रदेशको संसद अधिवेशन वैशाख ९ गते बोलाउने निर्णय गरेको छ ।
नेकपा एमालेका खगराज अधिकारीले नेतृत्वको प्रदेश मन्त्रीपरिषद्को बैठकले वैशाख ९ गते संसद अधिवेशन बोलाउने निर्णय गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेशका प्रवक्ता रोशनबहादुर गाहामगले जानकारी दिए ।
‘हिजो बसेको मन्त्री परिषद्को बैठकले प्रदेश प्रमुख समक्ष बैशाख ९ गते गण्डकीको संसद बोलाउने निर्णय पेश गरेका छौं, कानूनमन्त्री गाहामगरले भने, ‘संसद अधिवेशन अगाडि राजनीतिक दलहरुसँग बैठक बस्ने तयारी छ, छलफलबाट जे निष्कर्ष आउँछ त्यही अनुसार अगाडि बढ्छौं ।’
गण्डकीको मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख ९ गते गण्डकीको संसद अधिवेशन बोलाएका हुन ।
मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसाभो अधिवेशन प्रदेश सभा भवन नदीपुरमा २०८० बैशाख ९ गते दिउँसो ३ बजे बस्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
पुस २५ गते नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गेको सर्मथनमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि अधिकारी नेतृत्व सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदा प्रदेश सरकार अल्पमतमा परेको छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा एमालेको सभामुख सहित ८ , राष्ट्रिय प्रजातन्त्र पार्टीको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गे गरी ६० सदस्य रहेका छन् ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

