वैशाख ९ गते गण्डकीको अधिवेशन, सोही दिन मुख्यमन्त्री अधिकारीले राजीनामा दिन सक्ने
पाेखरा | बैशाख १, २०८०
पोखरा: गण्डकीको मन्त्रीपरिषद्को बैठकले प्रदेशको संसद अधिवेशन वैशाख ९ गते बोलाउने निर्णय गरेको छ ।
नेकपा एमालेका खगराज अधिकारीले नेतृत्वको प्रदेश मन्त्रीपरिषद्को बैठकले वैशाख ९ गते संसद अधिवेशन बोलाउने निर्णय गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेशका प्रवक्ता रोशनबहादुर गाहामगले जानकारी दिए ।
‘हिजो बसेको मन्त्री परिषद्को बैठकले प्रदेश प्रमुख समक्ष बैशाख ९ गते गण्डकीको संसद बोलाउने निर्णय पेश गरेका छौं, कानूनमन्त्री गाहामगरले भने, ‘संसद अधिवेशन अगाडि राजनीतिक दलहरुसँग बैठक बस्ने तयारी छ, छलफलबाट जे निष्कर्ष आउँछ त्यही अनुसार अगाडि बढ्छौं ।’
गण्डकीको मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख ९ गते गण्डकीको संसद अधिवेशन बोलाएका हुन ।
मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसाभो अधिवेशन प्रदेश सभा भवन नदीपुरमा २०८० बैशाख ९ गते दिउँसो ३ बजे बस्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
पुस २५ गते नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गेको सर्मथनमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि अधिकारी नेतृत्व सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदा प्रदेश सरकार अल्पमतमा परेको छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा एमालेको सभामुख सहित ८ , राष्ट्रिय प्रजातन्त्र पार्टीको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गे गरी ६० सदस्य रहेका छन् ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

