सार्वजनिक जग्गा मिचेर संरचना बनाए डोजर लिएर आउछु: अध्यक्ष कार्की

पाेखरा | चैत २५, २०७९

सार्वजनिक जग्गा मिचेर संरचना बनाए डोजर लिएर आउछु: अध्यक्ष कार्की

पोखरा:    पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । 


हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने चेतावनी दिएका हुन् । जनताको दुखःसुखमा सथै छु, समस्या लिएर आउनुहोस् आफ्ना वडावासीहरुलाई सहज रुपमा फछ्यौट गर्छु, तर सार्वजनिक सम्पतीमा हुने हस्तक्षप र मिचाह प्रबृतीविरुद्ध निर्मम भएर काम गर्छु, कार्कीले भने ।  


भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको पाइएकाले डोजर लिएर आउनुपर्ने अवस्था सृजना नगर्न आग्रह गरे । घर बनाउदा मापदण्ड मिच्ने, कम्पाउण्ड र गेट बनाउने गरेको भन्दै कार्कीले नक्सा पास गर्ने बेलामा कडाई गरिएको बताए । 


वडामा २५ करोड बरावरको बजेट भित्रीएको बताउदै अध्यक्ष कार्कीले कार्यान्वयनमा गएका योजना सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए । १८० वटा भन्दा बढि योजनामा अहिले काम भईरहेको उनले जानकारी दिए । वडाध्यक्ष कार्कीले योजना नभएको कुनै पनि टोल नरहेको दाबी गरे । 


उपभोक्ता समितिले काम गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले आग्रह गरे । कमसल काम भएको जानकारी भए कुनै पनि योजनाको सम्पन्नतामा हस्ताक्षर नगर्ने कार्कीले बताए । 


उक्त अवसरमा कालिका क्याम्पस अगाडीको हवेली मार्ग ढलानमा उपभोक्ता र वडाको सहलगानीमा बाटो ढलान गरिएको उपभोक्ता समितिका सचिव किरण अधिकारीले जानकारी दिए ।  वडाको २० लाख र उपभोक्ताले ३ लाख ५४ हजारको सहलगानीमा २०८ मिटर बाटो ढलान गरिएको अधिकारीले बताए ।

 
उपभोक्ता समितिका अध्यक्ष देव बहादुर कार्कीले हवेली मार्ग हुदैँ मान्द्रेढुङगासम्म जोड्ने सडक ढलानका लागि बजेटको व्यवस्था गर्न माग गरे । 


 

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । उनले आफ्नो दल नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । यसअगाडि नै मन्त्री भइसकेका स...

थप पढ्नुहोस्

काठमाडौं:   अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै प्रश्न उठ्न थालेपछि त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिनुभएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:      वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पु¥याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनिघ...

थप पढ्नुहोस्