तनहुँबाट एसईई परीक्षामा छ हजार विद्यार्थी सहभागी हुने
काठमाडाैं | चैत १४, २०७९
फाइल तस्बिर
तनहुँ: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा तनहुँबाट करिब छ हजार विद्यार्थी सहभागी हुने भएका छन्। यही चैत १७ देखि २९ गतेसम्म हुने उक्त परीक्षामा पाँच हजार ७६६ विद्यार्थी सहभागी हुने जनाइएको छ।
नियमिततर्फ पाँच हजार ५३६, ग्रेड वृद्धिमा ७७ र प्राविधिक धारका १५३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ। जिल्लामा २६ वटा एसईई परीक्षा केन्द्र तोकिएको समन्वय एकाइका प्रमुख वसन्तराज पौडेलले बताउनुभयो।
उहाँका अनुसार प्रत्येक परीक्षा केन्द्रमा पाँचदेखि १० जनासम्म सुरक्षाकर्मी खटाइनेछ। चारवटा माध्यमिक विद्यालयमा मात्र कक्षा ९ र १० मा प्राविधिक सञ्चालन हुने भएकाले प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको जानकारी उहाँले दिनुभयो। सत्यवती माविमा कम्प्युटर इन्जिनियर, पञ्चमुनिदेव माविमा भेटेरिनरी, राम शाह माविमा सिभिल इन्जिनियरिङ र गाउँफर्क माविमा कृषि विषयको परीक्षा सञ्चालन हुनेछ। गुरुकुल संस्कृततर्फ साधारण संस्कृतमा १९ र संस्कृतमा ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुने एकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो।
कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिने भए पनि थप अध्ययनका लागि नयाँ बाटो खुला हुने भएकाले एसईईको परीक्षालाई महत्व दिने गरिएको छ। परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...
पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

