आयोजक टोलीले जित्यो मनोहर कप भलिबलको उपाधि
पाेखरा | माघ ३, २०८२
पोखरा: पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ ।
मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक टोलीले उपाधि रक्षा गरेको हो ।
आयोजक टोलीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।उपाधिसँगै आयोजक टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको पोखरा युनाइटेडले एक लाख एक हजार १११ रुपैयाँमा चित्त बुझायो ।
सेमिफाइनलसम्म पुगेका नवज्योति युवा क्लब र पकुवा भलिबल क्लबले जनही २० हजार पाए ।
प्रतियोगितामा सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ८ हजार र ट्रफी हात पारे । सन्दीप सुनार स्पाइकर, दीपक थापा डिफेन्डर, अजय सुनार ब्लकर, सञ्जोक परियार सर्भर, लप्सन सुनार उदीयमान र सुमन राना प्रशिक्षक विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ५ हजार पाए । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

