लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ: प्रदेश प्रमुख गुरुङ

पाेखरा | चैत ११, २०७९

लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ: प्रदेश प्रमुख गुरुङ

पोखरा:   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेका बताएका छन् । 


प्रदेश लोक सेवा आयोग गण्डकीको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले यस्तो धारणा राखेका हुन् । 


‘लोकसेवा आयोगमा जनताले विश्वास गरेका छन्, लोक सेवा र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ, गुरुङले भने, ‘अहिले अन्य क्षेत्र भन्दा लोक सेवा आयोगमा जनताले बढी विश्वास गरेका छन्, लोक सेवाले राम्रो काम गर्दै आएको छ ।’


उनले संघीयतालाई कार्यान्वयन गर्न संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आवश्यक रहेको समेत बताए । 


‘संघीयताप्रति केहीले विश्वास नभएको अभिव्यक्त गर्न थालेका छन्, संघीयता आवश्यक छ भनेर विश्वास दिलाउन संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ, उनले भने, ‘संघले प्रदेश र स्थानीय तहलाई अधिकार नदिनु संघीयता विपरित हो ।’


प्रदेश प्रमुख गुरुङले संघले प्रदेश सरकारलाई अपाङ्ग बनाउँदा जनताले चाहे अनुसार काम गर्न नसकेको समेत बताए । 


यस्तै कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लोक सेवाले निष्पक्ष कर्मचारी निर्माण गर्न सफल भएको बताए । 


‘लोकसेवामा राजनीतिको प्रभाव हुन्छ भन्ने नकारात्मक सन्देश आमजनतामा हुन सक्छ, अधिकारीले भने, ‘लोक सेवा राजनीतिक भागबन्दामा चल्दैन, निष्पक्ष तरिकाले लोक सेवा आयोग चलिरहेको छ ।’
गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले लोकसेवामा अहिले आर्कषण घटेको भन्दै चिन्ता व्यक्त गरे । 


‘लोक सेवाको तथ्याङ्क अनुसार महिलाको भन्दा पुरुषको तथ्याङ्कमा घटेको छ, समर्गमा महिलाको बढेपनि पुरुषको घटेको छ, गुरुङले भने, ‘वैदेशिक यात्रा र अन्य क्षेत्रमा आर्कषण बढेर जाँदा लोक सेवामा युवाहरुको आर्कषण घट्न थालेको छ ।’


उनले पछिल्लो समय आशा लाग्दो तथ्याङ्क नभएकाले यसमा अनुसन्धान गर्न आवश्यक रहेको कुलपति गुरुङले धारणा राखे । 


प्रदेश लोकसेवा आयोग गण्डकीको दोर्सो वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, उच्च अदालत पोखराका न्यायधिस इन्द्रराज आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायतले बोलेका थिए । 


कार्यक्रममा प्रदेश लोक सेवा आयोग गण्डकीमा कार्यरत कम्प्युटर अधिकृत लक्ष्मीप्रसाद पोखरेललाई नगदसहित सम्मान गरेको थियो । 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्