प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय
काठमाडाैं | चैत ५, २०७९
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने जानकारी दिए।
संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो । आजै केहीबेरमै कांग्रेस संसदीय दलको बैठक बसेर कार्यासम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्नेछ।
प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी छ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

