कास्की कांग्रेस विशेष महाधिवेशनको पक्षमा

पाेखरा | पुस २४, २०८२

कास्की कांग्रेस विशेष महाधिवेशनको पक्षमा

पोखरा:  नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । 


यही २७ र २८ पुसका लागि महामन्त्री थापा र शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्कीका सभापति किशोरदत्त बरालले अपिल गरेका हुन् । पार्टीको हितका लागि महाधिवेशनमा सक्रिय सहभागी हुन उनको अपिल छ ।


‘नेपाली काँग्रेस एउटा राजनीतिक सङ्गठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला हो,’ विज्ञप्तिमा उनले लेखेका छन्, ‘पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशसँग प्रत्यक्ष रूपमा जोडिएको यो ऐतिहासिक विशेष महाधिवेशनमा अनिवार्य उपस्थित भई यसलाई सफल र सार्थक बनाउन म कास्कीका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई हार्दिक अपिल गर्दछु ।’


पार्टीको केन्द्रीय कार्यालयले विशेष महाधिवेशनमा सहभागी नहुन निर्देशन नै जारी गरेको छ । पार्टीको १५ औँ महाधिवेशन समयमा हुन नसकेको र विधान संकटमा परेको भन्दै विशेष महाधिवेशनलाई सफल बनाउनुपर्ने बरालको तर्क छ ।


केन्द्रीय कार्यालयले २१ फागुन हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्नुपर्ने भन्दै अहिले विशेष महाधिवेशन गर्न नसकिने स्पष्ट पारेसंगै कांग्रेसमा विवाद झनै बल्झिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्