स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा ६ सय मत खस्यो
काठमाडाैं | चैत ५, २०७९
काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मतदान प्रक्रिया सुरू भएको छ । निर्वाचन तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकाले मतदानमा ढिलाइ भएको थियो ।
त्रिविको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट विपिन विक,नेकपा एमाले अनेरास्ववियुबाट प्रकाश विष्ट,नेपाली कांग्रेस निकट नेविसंघबाट श्यामराज ओझा, विप्लव निकट अखिल क्रान्तिकारीबाट मदन केसीलगायत चुनावी मैदानमा छन्।
कूल तीन हजार चार सय ३६ मतदाता रहेको केन्द्रीय क्याम्पसमा बिहान ११ बजेसम्म ६ सय मत खसेको अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष प्रदीप भट्टले अन्नपूर्णलाई जानकारी दिए । देशभरिका ६० आगिंक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरू भएको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए।
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो । यससँगै उपभोक्ताले एक तोला...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

