नेपाललाई चौथो सफलता

काठमाडाैं | चैत २, २०७९

नेपाललाई चौथो सफलता

काठमाडौं : नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले चौथो विकेट गुमाएको छ। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन्।

 

 २७ औं ओभरको पहिलो बलमा आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्। खानलाई ऐरीको बलमा गुल्सन झाले क्याचआउट गरे।

 

२३ औं ओभरमा ऐरीकै बलमा भीम सार्की र आसिफ शेखले यूएईका अनुभवी ब्याटर तथा पूर्व कप्तान सीपी रिजवानलाई सात रनमा रन आउट गरे। यसअघि अर्धशतक बनाएका यूएईका कप्तान मुहम्मद वासिम अर्धशतक बनाएर पभिलियन फर्केका थिए।

 

यूएईका त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका यूएईका लागि ओपनिङमा आएका वासिमले ४३ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन पूरा गरेका थिए। दोस्रो विकेटका वृत्या अरविन्दसँग लागि ९२ रनको साझेदारी गर्दै वासिम ४९ बलमा ६३ रन जोडेर पेभेलियन फर्के।

 

नेपालका लागि १७औं ओभर बलिङ गरेका सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लूको शिकार बनाएका हुन्। यो विकेटसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक पुगेका छन्।

 

अब एक विकेट लिए सन्दीपले अफगानिस्ताका रसिद खानको ४४ खेलको कीर्तिमान तोड्ने छन्। सन्दीपको यो ४१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो।

 

नेपालका लागि ललित राजवंशीले एक विकेट लिएका छन्। यूएईका लागि यूएईका वृत्या अरविन्द ३७ रन बनाएर खेलिरहेका छन्। आयान खानले पनि क्रिजमा उत्रिएर एक रन जोडेका छन्।

 

नेपालका लागि ओपनिङ बलिङ गरेका ललित पहिलो ओभरमा विकेट लिन सफल भएका थिएनन्। तर, तेस्रो ओभरमा फेरि फर्किएका ललितले यूएईका ओपनर आर्याना लाक्रालाई ६ रनमा पेभेलियन फर्काएका थिए।

 

यूएईले २४.५ ओभर सकिँदा तीन विकेट गुमाएर एक सय २५ रन बनाएको छ।

 

आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्