अर्धशतक बनाएर यूएईका कप्तान आउट,सन्दीपले लिए विकेट

काठमाडाैं | चैत २, २०७९

अर्धशतक बनाएर यूएईका कप्तान आउट,सन्दीपले लिए विकेट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालविरुद्ध अर्धशतक बनाएका यूएईका कप्तान मुहम्मद वासिम अर्धशतक बनाएर पभिलियन फर्केका छन्।

 

यूएईका त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका यूएईका लागि ओपनिङमा आएका वासिमले ४३ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन पूरा गरेका थिए। दोस्रो विकेटका वृत्या अरविन्दसँग लागि ९२ रनको साझेदारी गर्दै वासिम ४९ बलमा ६३ रन जोडेर पेभेलियन फर्के।

 

नेपालका लागि १७ औं ओभर बलिङ गरेका सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लूको शिकार बनाएका हुन्। यो विकेटसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक पुगेका छन्।

 

अब एक विकेट लिए सन्दीपले अफगानिस्ताका रसिद खानको ४४ खेलको कीर्तिमान तोड्ने छन्। सन्दीपको यो ४१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो।

 

नेपालका लागि ललित राजवंशीले एक विकेट लिएका छन्। यूएईका लागि यूएईका वृत्या अरविन्द २० रन बनाएर खेलिरहेका छन्। यस्तै, सिपी रिजवानले पनि क्रिजमा उत्रिएर दुई रन जोडेका छन्।

 

नेपालका लागि ओपनिङ बलिङ गरेका ललित पहिलो ओभरमा विकेट लिन सफल भएका थिएनन्। तर, तेस्रो ओभरमा फेरि फर्किएका ललितले यूएईका ओपनर आर्याना लाक्रालाई ६ रनमा पेभेलियन फर्काएका हुन्।

 

यूएईले १७ ओभरमा सकिँदा दुई विकेट गुमाएर एक सय एक रन बनाएको छ।

 

आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्