पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल असार २४ देखि

उपाधि राशी १ लाख २५ हजार

पाेखरा | असार १०, २०८२

पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल असार २४ देखि

पोखरा: लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 


लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले यही असार २४ देखि २८ गतेसम्म तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । 


‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित प्रतियोगिता आयोजना गर्दै छौं, संस्थापक गुरुङले भने, ‘प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा असार २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।’


तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने गुरुङले बताए । 


लिगकम नकआउटको आधारमा हुने  प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । 


प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । 


प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउण्डेशन घान्द्रुकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

 
लामा अमृत फाउण्डेशन घान्द्रुक सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । फाउण्डेशनले २०७५ र ७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्