हेलीकप्टरबाट सुत्केरीको उद्धार

नुवाकोट | चैत १, २०७९

हेलीकप्टरबाट सुत्केरीको उद्धार

नुवाकोट: गोसाईकुण्ड गाउँपालिका १ थुमनबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।

 

थुमन गाउँकी ३१ वर्षीया पासाङ घलेको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित थापाथली प्रसुतीगृह अस्पताल पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरले उद्धार गरी थापाथली प्रसुतीगृह अस्पताल लगिएको गोसाईकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनुभयो ।

 

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७५–७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएकोअस्पतालमा लगी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।

 

रसुवाका प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका जनप्रतिनिधिहरु, जिल्ला स्वास्थ्य कार्यालय रसुवाको पहलमा सुत्केरी महिलाको उद्धार भएको गोसाईकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले बताउनुभयो । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारका लागि कार्यविधि २०७५ कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको हो ।

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्