राप्रपा उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने
काठमाडाैं | चैत १, २०७९
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको छ।
राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहन श्रेष्ठले बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिनुभयो।
यसैगरी, राप्रपा बैठकले किसानले रासायनिक मलमा पाउदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी एवम् अनुचित भएको औंल्याएको छ। यो निर्णय तत्काल फिर्ता लिइ सुलभ ढंगले समयमै मलको आपूर्ति व्यवस्थापन एवम् दीर्घकालीन समस्याको समाधान गर्न रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिएको छ।
राप्रपाले बैंकमा ब्याज बढ्न थालेकाले यसको साना उद्योगी, व्यवसायी र किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकरात्मक असर परेको जनाएको छ। यस विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग पनि गरेको छ।
राप्रपाले पार्टीको सिद्धान्त राजसंस्था भएकोले फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पनि मतदानमा सहभागी भएको थिएन।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

