मलमा अनुदान कटौतीको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनद्वारा माइतिघरमा प्रदर्शन

काठमाडाैं | चैत १, २०७९

मलमा अनुदान कटौतीको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनद्वारा माइतिघरमा प्रदर्शन

काठमाडौं : सरकारले रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरेपछि चौतर्फी विरोध सुरू भएको छ। आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

 

अनुदान कटौती गर्ने सरकारको निर्णय किसानको हितमा नभएको भन्दै उनीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा सहभागीले हाम्रो खुसी अन्न र उपज,हाम्रो उत्पादनमा मलको सहज,खेत त जोगियो,मल बिउ कहा छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् । 

 

चेकजाच नगरि भारतीय तरकारी भित्राएर किसानको  उत्पादनलाई महत्व नदिने,रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए।

 

उनीहरुले अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै रासायनिक मल बढ्ने देखिएको छ ।

 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्