एक जोर जुत्ताको मूल्य दुई करोड डलर

काठमाडाैं | फागुन २१, २०७९

एक जोर जुत्ताको मूल्य दुई करोड डलर

अमेरिका: एउटा जुत्ताको मूल्य दुई करोड रुपियाँ पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ । प्रख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले प्रयोग गरेको जुत्ताको मूल्य दुई करोड रुपियाँको तोकिएको छ । 

 

विश्व खेलकुदका सर्वाधिक खेलाडी मानिन्छन् माइकल जोर्डन । उहाँको ख्याति बास्केटबलसँग जोडिएको छ । म बास्केटबलका यी सर्वाधिक नामुद खेलाडी जोर्डनको जुत्ताको कुरा हो । अमेरिकाको मुख्य व्यावसायिक बास्केटबल प्रतियोगिता आयोजना गर्ने राष्ट्रिय बास्केट बल एसोसिएसन (एनबीए) का हालसम्मकै सर्वाधिक लोकप्रिय खेलाडी जोर्डन हुनुहुन्छ । बास्केटबल खेलेरै उहाँले अकूत सम्पत्ति आर्जन गरेका छन् ।

 

हाल उहाँको कुल सम्पत्ति एक अर्ब ७० करोड अमेरिकी डलर बराबर छ । हाल ६० वर्ष उमेर पुगेका जोर्डनको नेतृत्वमा उहाँको टिम सिकागो बुल्सले छ पटक एनबीए जितेको छ । त्यही एनबीए जित्दा उहाँले लगाएका विभिन्न छ जोडी जुत्ता बिक्रीका लागि अहिले प्रदर्शनमा राखिएको छ । गत हप्ता प्रदर्शनका लागि यी छ जोर जुत्ता दुबईमा राखिएको थियो भने त्यसपछि हङकङ हुँदै सिंगापुर पुग्नेछ । र, यसको अन्तिम लिलामी हुनेछ । जसले बढी रकम दिन्छ, उसैले यी जुत्ता लिएर जान्छ । 

 

जोर्डनले लगाएको यो जुत्ता सोथवी नामक संस्थाले बेच्न पाउने अधिकार पाएको छ । द डाइनेष्टी कलेक्सनका नाममा सङ्कलन गरिएका यी छ जोर जुत्ताको मूल्य करोडौँ डलर हुने कुरा जनाएको छ । संस्थाका अनुसार, एक जोर जुत्ताको करिब दुई करोड डलर र छ जोर जुत्ताको करिब १० करोड डलर पर्ने अनुमान छ । कुनै पनि खेलाडीको जुत्ता वा उहाँले लगाएको पहिरनको यति धेरै मूल्य पर्ने यो पहिलो पटक हुनेछ । संस्थाले जुत्ता सङ्कलनकर्ता वा सङ्ग्रहकर्ताका लागि यो बहुमूल्य मोनालिसाको तस्बिर वा पवित्र र दुर्लभ वस्तु हो भनेर यसको बढाइचढाइ गरेको छ । 

 

यी सबै जुत्ता बुल्सका कर्मचारी टिम हल्यामले माइकल जोर्डनबाट प्राप्त गरेका थिए । ती छ जोर जुत्ता सन् १९९१, ९२, ९३, ९६, ९७ र ९८ मा उहाँले एनबीए खेल्दा लगाएका थिए । ती छ वटै प्रतियोगितामा जोर्डनको टिमले विजय हात पारेको थियो । त्यसो त जोर्डनले सन् १९९८ मा एनवीए जित्दा लगाएको जर्सी पनि गत वर्ष मात्र एक करोड डलरमा बिक्री भएको थियो । 

 

माइकल जोर्डनले आफ्नो खेल जीवनमा दुई वटा ओलम्पिक स्वर्ण पदक, छ पटक एनवीए च्याम्पियनसिपको उपाधि,  पाँच पटक एनबीएको सर्वाधिक महत्त्वपूर्ण खेलाडीको उपाधि जितेका छन् । 

बाँके:   जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ ।  आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।  नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

थप पढ्नुहोस्