फ्लो फ्लो कपको उपाधि गन्नी एफसीलाई
पाेखरा | फागुन २०, २०७९
पोखराः प्रथम फ्लो फ्लो कपको उपाधि आयोजक गन्नी एफसी निलोले जितेको छ । उपाधी संगै गन्नी एफसीले नगद २ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले सी फोर्टिन रत्नचोक एफसीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमा रत्नचोकका मनोज नेपालीले गोल गर्दै अग्रता लिएको भएतापनि दोश्रो हाफमा भने रत्नचोक चुक्न पुग्यो । दोश्रो हाफको सुरुमा गन्नीका युनिक गुरुङले सी फोर्टिनका खेलाडीलाई लडाएपछि रेडकार्ड पाएर गन्नी ६ खेलाडीमा सिमित हुन पुगेको भएतापनि दोश्रो हाफको बीचमा गन्नीका सुनिल गोतामेले एक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको उपबिजेता सी फोर्टिन रत्नचोकले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । खेलमा म्यान अफदी म्याचको उपाधी गन्नी एफसीका सुनिल गोतामेले हात पारे । त्यसैगरी प्रतियोगितामा गन्नीका आकाश रानाभाटले सवोत्कृष्ट खेलाडीको उपाधी सहित ट्रफी र नगद ७ हजार प्राप्त गरे ।
त्यसैगरी सर्वाधिक गोलकर्ता गन्नीकै गणेश क्षेत्रीले नगद ५ हजार प्राप्त गरेभने उत्कृष्ट गोलरक्षकको उपाधी सी फोर्टिनका गोल रक्षक प्रविण गुरुङ घोषित भए । उपाधी संगै गुरुङले नगद ५ हजार प्राप्त गरे ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

